नागरिकता सम्बन्धी सेवा
सि.नं.सेवाहरुकागजातहरुप्रक्रियाहरुएक्सन1
वंशजको आधारमा नागरिकता
| लाग्ने समय |
सोही दिन । |
|---|---|
| सुल्क |
रु १० को टिकट । |
| जिम्मेवार कर्मचारी | का.प्र |
| गुनासो सुन्ने कर्मचारी | का.प्र |
- अनुसूची १ बमोजिमको विवरण भरी सम्बन्धित स्थानीय निकायबाट फोटो समेत प्रमाणित गरेको आवेदन फारम ।
- आमा र बाबु वा आफ्नो बंशज तर्फका तीन पुस्ता भित्रका नातेदारको नागरिकताका प्रमाणपत्र ।
- जन्मदर्ताको प्रमाणपत्र÷शैक्षिक योग्यताको प्रमाणपत्र ।
- सनाखतको लागि एकाघरका अभिभावक ।
- स्पष्ट मुखाकृति (दुवैकान) देखिने हालसालै खिचिएको पासपोर्ट साइजको स्तरीय फोटो २ प्रति ।
- विवाहित महिलाको हकमा पतिको नागरिकता र विवाहदर्ताको प्रमाणपत्र समेत ।
संलग्न कागजातहरु र अभिभावक सहित नागरिकता फाँट (काेठा नं. ०३) मा पेश गर्ने ।
2
नागरिकता प्रमाणपत्र नलिदै विवाह भएकी नेपाली महिलाकाे हकमा
| लाग्ने समय |
सोही दिन । |
|---|---|
| सुल्क |
रु १० को टिकट । |
| जिम्मेवार कर्मचारी | का.प्र |
| गुनासो सुन्ने कर्मचारी | का.प्र |
-
विवाहदर्ताको प्रमाणपत्र ।
-
पति वा ससुराको नागरिकता प्रमाणपत्र ।
-
पति, सासु र ससुरा वा जेठाजु वा देवर मध्ये कसैको सनाखत ।
-
माइती पट्टिको आमा वा बाबु, दाजु वा भाईको नागरिकताको प्रमाणपत्र ।
संलग्न कागजातहरु र सनाखत गर्ने व्यक्ति सहित नागरिकता फाँट (काेठा नं. ०३) मा पेश गर्ने ।
3
बसाइसराइकाे हकमा
| लाग्ने समय |
सोही दिन । |
|---|---|
| सुल्क |
रु. १० को टिकट । |
| जिम्मेवार कर्मचारी | का.प्र |
| गुनासो सुन्ने कर्मचारी | का.प्र |
-
बसाइसराइको प्रमाणपत्र ।
-
जग्गाधनी प्रमाणप पुर्जा ।
-
नक्सा पासको प्रमाण पुर्जा ।
-
पानी, बिजुली, टेलिफोन महशुल कार्ड आदि प्रमाण ।
संलग्न कागजातहरु राखी नागरिकता शाखा (काेठा नं. ०३) मा पेश गर्ने ।
४
नागरिकताकाे प्रतिलिपी
| लाग्ने समय |
सोही दिन । |
|---|---|
| सुल्क |
रु. १३ को टिकट । |
| जिम्मेवार कर्मचारी | का.प्र |
| गुनासो सुन्ने कर्मचारी | का.प्र |
-
सम्बन्धित स्थानीय निकायबाट फोटो समेत प्रमाणित गरी नागरिकता प्रमाणपत्र नम्बर मिति समेत उल्लेख भएको निर्धारित आवेदन फारम ।
-
स्पष्ट मुखाकृति (दुवै कान) देखिने हालसालै खिचिएको पासपोर्ट साइजको स्तरीय फोटो २ प्रति ।
-
हराएको नागरिकताको प्रतिलिपी÷मतदाता परिचय पत्र ।
सम्बन्धित कागजातहरु नागरिकता फाँट (काेठा नं. ०३) मा पेश गर्ने ।
५
पतिकाे नामथर समावेश गर्न ।
| लाग्ने समय |
सोही दिन । |
|---|---|
| सुल्क |
रु. १३ को टिकट । |
| जिम्मेवार कर्मचारी | का.प्र |
| गुनासो सुन्ने कर्मचारी | का.प्र |
- सक्कलै नागरिकता प्रमाणपत्र ।
- विवाहदर्ता प्रमाणपत्र ।
- स्थानीय निकायबाट फोटो समेत प्रमाणित गरेको निर्धारित आवेदन फारम ।
- सनाखतको लागि पति वा एकाघरको अभिभावक ।
- पतिको नागरिकताको प्रमाणपत्र ।
संलग्न कागजातहरु राखी नागरिकता शाखा (काेठा नं. ०३) मा पेश गर्ने ।
६
पुनः विवाह गरी हालकाे पतिकाे नामथर र वतन कायम गर्न
| लाग्ने समय |
सोही दिन । |
|---|---|
| सुल्क |
रु. १३ को टिकट । |
| जिम्मेवार कर्मचारी | का.प्र |
| गुनासो सुन्ने कर्मचारी | का.प्र |
- हालको पतिको नागरिकताको प्रमाणपत्र ।
- विवाहदर्ताको प्रमाणपत्र ।
- सम्बन्ध विच्छेद गरेको अदालतको फैसला ।
- सम्बन्धित स्थानीय निकायबाट फोटो समेत प्रमाणित गरेको निर्धारित आवेदन फारम ।
- नागरिकता प्रमाणपत्र ।
- स्पष्ट मुखाकृति (दुवै कान) देखिने हालसालै खिचिएको पासपोर्ट साइजको स्तरीय फोटो २ प्रति ।
संलग्न कागजातहरु राखी नागरिकता फाँट (काेठा नं. ०३) मा पेश गर्ने ।
